घुससहित इन्जिनियर र नायव सुब्बा पक्राउ – दाङ खबर
Global Luja Dang

घुससहित इन्जिनियर र नायव सुब्बा पक्राउ

Birala Tyre Dang

काठमाडौं जेठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । बिहीबार घुससहित दुई जना प्रहरीलाई महोत्तरी र रुपन्देहीबाट पक्राउ गरेको अख्तियारले काठमाडौंबाट नायव सुब्बालाई पनि समातेको छ ।

राजधानीको चाबहिलस्थित मालपोत कार्यालयका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई अख्तियारको टोलीले दुई हजार घुससहित रंगेहात पक्राउ गरेको हो। केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाटै श्रेष्ठलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै घुस मागेका थिए।

सव-इन्जिनियर पक्राउ अख्तियारको बुटवलस्थित कार्यालयको टोलीले माडी-लुङ्ग्री-करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सव-इन्जिनियर तारा श्रेष्ठलाई एक लाख रुपैयाँ घुससहित समातेको छ। माडी-लुङ्ग्री-करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सव-इन्जिनियर श्रेष्ठले योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुसत मागेको सूचनापछि अख्तियारको टोली बुटवलबाट रोल्पा पुगेको थियो ।

श्रेष्ठलाई सेवाग्राहीसँग घुस बापत रकम लिइसकेको अवस्थामा उनकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close