Victoria College Dang

दङाली युवाले दिए दुवै हात गुमाएकी मेघालाई साथ – दाङ खबर
Global Luja Dang

दङाली युवाले दिए दुवै हात गुमाएकी मेघालाई साथ

MadanBhandari College

दाङ, जेठ २४ । दङाली युवा देवराज आचार्यले दुवै हात गुमाएकी मेघा घिमिरेलाई साथ दिएका छन् । क्यामेरा म्यानको भूमिकाबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका आचार्यले आफ्नो डेभ्यू निर्देशन ररहेको गीतमा दुवै हात गुमाएकी घिमिरेलाई पहिलोपल्ट मिडियामा सार्वजनिक गराएका मात्रै छैनन्–अपाङ्गता भएका व्यक्तिहरु पनि समाजमा सम्मानित जीवन बिताउन पाउनुपर्दछ भन्ने सन्देश व्यक्त गरेका छन् ।

आर एस डिजिटलको प्रस्तुति रहेको बिक्रम भण्डारीको आधुनिक गीत ‘यो मन भित्र’ को म्युजिक भिडियोमा निर्देशक आचार्यले दुवै हात गुमाएकी मेघालाई मोडलिङ गराएका छन् । म्यूजिक नेपालमार्फत् सार्वजनिक भएको गीत मेलिना राईको सुमधुर स्वरमा सजिएको रहेको छ ।

मनोज बिक्रम भण्डारी र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा देवराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । राम केसीले छायाङ्कन गरेको उक्त म्युजिक भिडियोमा देवराज आचार्य, मोडल संगम शर्मा, दुवै हात नै गुमाएकी मेघा घिमिरे, सविता आचार्य, पुष्पा चन्द्र बुढाथोकी र दिया बुढाथोकीको दमदार अभिनय रहेको छ ।

दाङको दङ्गीशरण गाउँपालिका–५ सलौरामा जम्एिका आचार्यले कृष्ण फिल्मस्मा लामो समयसम्म छायाङ्कनको काम गरेका थिए । श्रीकृष्ण बमको ‘तिम्रो मायाको’ आधुनिक गीतमार्फत् अभिनय सुरु गरेका आचार्यले २ दर्जन बढी गीतमा अभिनय गरिसकेका छन् । आचार्यका एकपछि अर्को सफल गीत वजारमा आउँदैछन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close