Victoria College Dang

रेलमार्गको न्यायोचित मुआब्जा पुनरावलोकन माग – दाङ खबर

रेलमार्गको न्यायोचित मुआब्जा पुनरावलोकन माग

MadanBhandari College

सर्लाही जेठ १८ । विद्युतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम न्यायपूर्ण नभएको भन्दै सर्लाहीका स्थानीयहरु सँगै संघिय सांसदले पनि शुक्रवार जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि धर्ना दिएका छन्।

आन्दोलित जग्गाधनीहरुले अहिलेको मुआब्जा पुनरवलोकन गरी समय सापेक्ष उचित मुआब्जा कायम गर्नुपर्ने, जग्गा भोगचलनको आधारमा मुआब्जा प्रदान गर्नुपर्ने, ऐलानी पर्ती जग्गा भएका किसानलाई पनि जग्गाधनी पूर्जा भएका किसान सरह मुआब्जा दिनुपर्ने, रेलमार्गका कारण केही जग्गा टुक्रा भएकाले त्यसको पनि मुआब्जा पाउनुपर्ने, मुआब्जा निर्धारण गर्दा किसान र जनप्रतिनिधिसहितको कार्यदल गठन गरी स्थलगत निरीक्षणबाट वास्तविक तथ्य बुझेर मात्रै मूल्याङ्कलन गर्नुपर्ने लगायतका मागहरु राखि आन्दोलित भएका हुन ।

सर्लाहीमा रेल्वेमा परेको जग्गाको मुआवजÞा उचित नदिदा जनताहरुले दुई दिन देखी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन । लालबन्दी, हरिवन र बागमती नगरपालिकामा अन्यायपूर्ण रेल्वे मुआब्जा निर्धारण गरेको भन्दै संघर्ष समितिले गत शनिबार हरिवनमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको थियो। २५ लाख रुपैयाँ प्रति कठ्ठा किनबेच भइरहेको जग्गालाई १० लाख मात्र तोकेपछि स्थायनिय आन्दोलित भएका हुन्।

आन्दोलित जग्गाधनी शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालय मलङ्गवाको प्रवेशद्धारमा धर्नामा बसेका हुन् । सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह समेत आज मध्यान्ह धर्नास्थलमा पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउनु भएको छ । यसअघि विहिवार पनि जग्गाधनीहरु बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म धर्नामा बसेका थिए । त्यस्तै विहिवारको धर्नामा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाई समेत सहभागी हुनु भएको थियो ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार धर्नाको कार्यक्रम सम्पन्न भएको र केही दिनभित्र माग सुनुवाई नभए पुनः अर्को बैठक बसी थप कडाखालको संघर्षको कार्यक्रम तय गरिने अन्यायपूर्ण रेल्वे मुआब्जा निर्धारणविरुद्ध गठित संयुक्त संघर्ष समितिले जनाए ।

जग्गाधनीहरुले राखेका मागका सम्वन्धमा आफुले सक्दो पहल गरिरहेको र माथिल्लो निकायमा जानकारी समेत गराएको मुआब्जा निर्धारण समितिका संयोजक एवं सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनाए ।

राजधानी दैनिकबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close