Global Luja Dang

बजेट निर्माणको अन्तिम तयारीमा सरकार

Birala Tyre Dang

काठमाडौं जेठ १४ । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा सरकार पुगेको छ । यसैबीच, सरकारले आर्थिक वृद्धिदर ८.५% सम्म पुर्याउने लक्ष्यका साथ बजेट निर्माण गरेको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले जानकारी दिए । यस्तै, नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा ११ सय २० डलरसम्म पुर्याउने लक्ष्यका बजेटका नीति तथा कार्यक्रम तय भएको समेत उनले नेपाली पैसालाई जानकारी गराए ।

चालु आर्थिक वर्षमा भने प्रतिव्यक्ति आय वार्षिक १ हजार ३४ डलर र आर्थिक वृद्धिदर ७% हुने प्रक्षेपण गरिएको छ । सरकारले ६० वटा सूचकलाई आधार मानेर बजेट निर्माण गरेको छ । पहिले ५४ सूचकलाई आधार मानेको थियो भने पछिल्लो समय ६ वटा सूचक थपेर बजेट निर्माणको अन्तिम तयारीमा सरकार जुटेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १६.१% मा झार्ने लक्ष्य लिएको पनि फुयाँलले जानकारी दिए । नेपालीको औषत आयु ७०.१ वर्षबाट बढाएर ७०.५ वर्ष पुर्याउने लक्ष्य लिइएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बेरोजगारी दर ९.६% मा झार्ने लक्ष्य बनाएको छ । यो आर्थिक वर्षसम्म मुलुकमा बेरोजगारदर १०.५% रहेको छ ।

यता, आगामी आर्थिक वर्षमा ९ हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको डा. फुयाँलले नेपाली पैसालाई जानकारी दिए । चालु आर्थिक वर्षसम्ममा ८ हजार ३१६ किलोमिटर सडक कालोपत्रे भएको छ ।

बजेटमार्फत सरकारले ९३.५% व्यक्तिमा विद्युतिय पहुँच पुर्याउने लक्ष्य लिएको छ । यो आर्थिक वर्षमा ९२.१% मा विद्युतीय पहुँच पुगेको छ । त्यस्तै, सामाजिक सुरक्षा खर्च ११.७% बाट बढाएर १२.१% सम्म पुर्याउने लक्ष्य सरकारले बजेटमार्फत लिएको छ ।

बजेटको आकार कति ?
सरकारले साढे १५ खर्बकै सीमा भित्र रहेर बजेट ल्याउने तयारी गरेको राष्ट्रिय योजना आयोगका एक अधिकारीले जनाकारी दिए । उनले १५ खर्बको बजेट ल्याउने तयारी गरे पनि अर्थमन्त्री डा. युवराज खतिवडाले केही हदसम्म रिक्स लिएर साढे १५ खर्बसम्मको बजेट ल्याउने तयारी गरेका छन् । यद्दपि, यो आकार सामान्य तलमाथि हुन सक्छ ।

स्रोत समितिले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ । स्रोत समितिले चालु आर्थिक वर्षको वास्तविक बजेट खर्चमा १५% बढाएर आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन सक्ने गरी सिलिङ निर्धारण गरेको हो । यद्दपि, योजना आयोगको मंगलबार साँझ बसेको बैठकले बजेटको सिलिङ १५ खर्ब ७७ अर्ब ७० करोड पुर्याइदिएको छ । यस आधारमा बजेटको आकार अझै केही बढ्न सक्ने देखिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close