Victoria College Dang

भारतीय लाेकसभा निर्वाचन – दाङ खबर

भारतीय लाेकसभा निर्वाचन

MadanBhandari College

एजेन्सी/शनिबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संसदीय वोर्डको बैठक बसेको छ। बैठकबाट नरेन्द्र मोदी संसदीय दलको नेता चुनिएका छन् । बैठकले नरेन्द्र मोदीलाई भाजपाको संसदीय दलको नेताका लागि प्रस्ताव गरेको थियो। बैठकमा भाजपा अध्यक्ष अमित शाहले भाजपाको संसदीय नेताका लागि नरेन्द्र मोदीलाई प्रस्ताव गरेका थिए भने राजनाथ सिंह र नितिन गडकरीले प्रस्तावको समर्थन गरेका थिए।

वैठकमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, अकाली दलका प्रकाश सिंह बादल, शिवसेनाका प्रमुख उद्धव ठाकरे, बिहारका मुख्यमन्त्री नितिश कुमार, एलजेपीका रामविलास पासवान लगायतका नेता तथा नवनिर्वाचित सांसदको उपस्थिति रहेको थियो।

संसदीय दलको नेता निर्वाचित भइसकेपछि अब मोदीले राष्ट्रपतिलाई सांसदहरुको सूची पेश गरेर नयाँ सरकार बनाउनको लागि आफ्नो दावी पेश गर्नेछन्।यसै महिनाको अन्तसम्म नयाँ मन्त्रिमण्डलका साथ मोदीले सपथ लिने अनुमान गरिएको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close