पाँचथर हत्या प्रकरणमा – दाङ खबर
Global Luja Dang

पाँचथर हत्या प्रकरणमा

Birala Tyre Dang

पाँचथर जेठ ८ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा ज्वाइँको शंलग्नता रहेको आशंकाले बल पुग्ने प्रमाणहरु भेटिएको छ । नौ जनाको शव भेटिएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा उनको शव भेटिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाप र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धानबाट खुल्छ ।’

डीआईजी रिजालका अनुसार ससुरा र श्रीमतीस“ग बेमेल भएका कारण प्रहरी अनुसन्धान कान्छा ज्वाईं मानबहादुर तिर सोझिएको थियो । तर उनले पनि आत्महत्या गरेपछि संलग्नताको विषय सबुत प्रमाणहरुका आधारबाट खुल्ने उनले बताए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close