रहस्यमय आरुबोटे नरसंहार अपडेट – दाङ खबर
Global Luja Dang

रहस्यमय आरुबोटे नरसंहार अपडेट

Birala Tyre Dang

काठमाडौं जेठ ७ । पाचँथर जिल्लाको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा गएराति भएको सामुहिक नरसंहारको थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

मध्यरातको समयमा मुखुण्डो लगाएर आएको अज्ञात समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । उक्त घटनाको विस्तृत अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका बरिष्ठ प्रहरी उपरीक्षक शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जानकारी दिएको छ ।

स्रोतका अनुसार घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पनि गर्ने छ । मंगलवार विहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई घरको परिवारका ९ जनाको शव भेटिएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close