पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय – दाङ खबर
Global Luja Dang

पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

Birala Tyre Dang

एजेन्सी,जेठ ६  । अन्नपानीको शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर असहज पार्ने गरेको छ ।

यसरी पेट फुल्दा मुड अफ हुने मात्र होइन, बस्न असजिलो हुने तथा उस्तै परे लुगा चिटिक्क परेर नबस्ने समस्या पनि हुन्छ । यस्तोमा कार्यक्रम छोडेर घरै बस्ने कुरा पनि आउँदैन ।

यस्तोमा औषधीको प्रयोग नगरि घरेलु सामग्रीको प्रयोगबाट यस समस्याको समाधान सम्भव हुन्छ । यदि तपाईसँग १ घण्टा अथवा बढि समय छ भने यहाँ उल्लिखित सामग्रीको प्रयोग गरि एउटा ड्रिंक बनाउनुहोस् । यसको प्रयोगले ग्याँसको समस्या हटाइ सहज महशुस गर्न सहयोगी हुनेछ ।

आवश्यक सामग्री

– आधा कप नरिवल पानी
– मसिनो पारेर काटिएको अदुवा
– आधा कप आइस
– सानो चम्चाको आधा बेसार
– एक चिम्टी अकबरे खुर्सानीको धुलो
– एक चिम्टी बिरेनुन
– केहि मात्रामा काटिएको भुँइकटहर

– सामान्यतया पेट फुल्नुको मुख्य कारण भनेको अपच अथवा पेटमा ग्याँस भरिएको कारण नै हुने हो । यस्तोमा थोरै मात्रामा अकबरे खुर्सानी प्रयोग गर्दा यसले पेटको ग्याँसलाई कम गर्न सहयोग गर्छ ।

– त्यस्तै पेटको लागि अर्को हितकारी तत्व भनेको बेसार हो । बेसारले पेटमा भएको विषाक्त तत्वलाई नष्ट पार्दछ ।

– पेटको लागि अपयोगी अर्को तत्व भनेको नरिवल पानी हो । यसले शरिरमा रहेको अतिरिक्त सोडियमलाई निकास दिने काम गर्छ ।

– त्यस्तै अदुवा पनि पेटको वायुलाई नष्ट गर्ने अर्को एक तत्व हो । यसको प्रयोगले पेटका अन्य विकारहरुको पनि निदान हुन्छ ।

– बिरेनुनले पनि वायु विकारको नष्ट गर्ने तथा आइस र भुइँकटहरले यस ड्रिंक्समा चिसोपन र स्वाद ल्याउने कार्य गर्दछ ।

बनाउने विधिः

माथी उल्लेखित सामग्रीहरुलाई सफागरी मिक्सरमा हाल्नुहोस् र त्यसको जुस बनाउनु होस् । यसलाई छानेर आवश्यक मात्रामा विस्तारै चुस्स चुस्स पिउँदै आफ्नो कामहरु गर्नुहोस् ।यसको प्रयोगले तपाईंको वायु विस्तारै कम भइ शरिरमा सहज महसुस हुनेछ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close