पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने – दाङ खबर
Global Luja Dang

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने

Birala Tyre Dang

काठमाडौं जेठ ६ ।मोटरसाइकल चालकको पछाडि बस्ने यात्रुका लागि हेलमेट प्रयोग अनिवार्य गर्ने कानुन बन्न लागेको ट्राफिक प्रहरी प्रमुख वसन्तराज पन्तले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । पन्तका अनुसार यातायात व्यवस्था ऐनमा संशोधन गरेर मोटरसाइकलको पछाडि बस्ने यात्रुका लागि हेलमेट अनिवार्य गर्न लागिएको हो ।

यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ प्रमाणित हुनुपर्ने गरी महाशाखाले ऐनमा सुझाव पठाएको छ । ऐन संशोधनका लागि प्रयास भइरहे पनि ऐन बनिसकेको छैन । तर, ट्राफिक प्रहरीले प्रस्ताव गरेको अनिवार्य हेल्मेटसम्बन्धी व्यवस्था कत्तिको व्यवहारिक छ भन्ने बहसले यतिबेला सामाजिक सञ्जाल तताएको छ ।

देशभर कति छन् दुईपांग्रे सवारी ?

यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४। ०७५ सम्म २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा कति मोटरसाइकल भित्रिए भन्ने तथ्याङ्क विभागले सार्वजनिक गरेको छैन ।

तर, अघिल्लो तीन वर्षको औषत तथ्याङ्क हेर्ने हो भने यो वर्ष पनि दुई लाख हाराहारी स्कुटर तथा मोटरसाइकल प्रयोगमा आएको हुन सक्ने अनुमान गर्न सकिन्छ । दैनिक ६ सयको संख्यामा मोटरसाइकल थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close