जिप दुर्घटनामा दाजुभाइसहित तीनको मृत्यु – दाङ खबर
Global Luja Dang

जिप दुर्घटनामा दाजुभाइसहित तीनको मृत्यु

Birala Tyre Dang

बैतडी ,जेठ ६  ।  बैतडीमा आइतबार भएको जिप दुर्घटनामा सहोदर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन्। दशरथ चन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ गइरहेको ग१ज ४९२१ नम्बरको जिप नानीगाडमा दुर्घटना भएको हो । जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हीरावल्लभ भट्ट, उनका सहोदर भाइ ५३ वर्षीय लालमणि भट्ट र सोही ठाउँका अन्दाजी ५० वर्षीय नारुली भट्ट छन् । उनीहरु देवताल मन्दिर दर्शन गर्न जाँदै थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये दशरथ चन्द नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर छ ।

बाराकोटकै जिप चालक नवीन भट्ट र कञ्चनपुरका राहुल भट्ट पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । मृतक लालमणि दानेश्वर माविका शिक्षक हुन् ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close