Victoria College Dang

कप्समा नेपाल प्रहरीको चरित्र – दाङ खबर
Global Luja Dang

कप्समा नेपाल प्रहरीको चरित्र

MadanBhandari College

काठमाडौं ,जेठ ५ । प्रायः नेपाली फिल्ममा नेपाल प्रहरीको चरित्र प्रायः नकारात्मक देखाउँदै आएका बेला चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) मा दर्शकले उनीहरूको चरित्र सकारात्मक देख्न पाउनेछन् ।विश्वमा राम्रो प्रहरीका रूपमा नेपाली प्रहरीले बनाएको छविलाई आफूहरूले यो चलचित्रमा प्रस्तुत गरेको यसका निर्देशक सम्राट सापकोटाले बताएका छन् । प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरूमाथि जनताको हेराइ र बुझाइ किन नकारात्मक छ भन्ने विषयलाई आफ्नो सिनेमाले चिरफार गर्ने पनि निर्देशक सापकोटाले बताए ।

सञ्चारकर्मीसँगको भेटघाटमा निर्देशक सापकोटाले भने, ‘नेपाल प्रहरी अहिले पनि विश्वमा सक्षम प्रहरी भनेर चिनिएको छ । त्यसैले मेरो चलचित्र कप्सले अपराध नियन्त्रणमा नेपाल प्रहरीको सफलताको कथा प्रस्तुत गरेको छ ।’ यसअघि दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका सम्राटले चलचित्र कप्सबाट निर्देशनमा हात हालेका हुन् ।

यही १७ जेठमा देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रमा प्रहरी नायब उपरीक्षकका रूपमा अभिनेता अनुपबिक्रम शाहीलाई उतारिएको छ । यसअघि प्रायः खलचरित्रमा उत्रने गरेका अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीका रूपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताए ।

सापकोटाका अनुसार चलचित्र कप्स ‘थ्री पी’ अर्थात् ‘पोलिटिक्स, पुलिस र पब्लिक’मा केन्द्रित रहेको छ । मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुन्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीले भोग्नुपरेको चुनौतीको सेरोफेरोमा आफ्नो फिल्म भएको पनि यी निर्देशकको कथन छ ।यो चलचित्रलाई उनी आफैंले लेखेका हुन् । कप्समा अनुपविक्रमसँगै संदिपा लिम्बू, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close