उपमहानगरपालिकामा बिपद व्यवस्थापन समिति गठन – दाङ खबर
Global Luja Dang

उपमहानगरपालिकामा बिपद व्यवस्थापन समिति गठन

Birala Tyre Dang

दाङ, जेठ ४ । कुनै पनि विपदको व्यवस्थापन र क्षतिलाई न्यूनीकरण गर्ने गरी घोराहीमा नगरस्तरीय विपद व्यवस्थापन समिति गठन भएको छ । विपद जोखिममुक्त नगर बनाउने हाम्रो अभियान भन्ने नाराका साथ नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा २८ सदस्यीय समिति गठन भएको हो ।

समितिका सदस्यहरुमा उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगी, आर्थिक विकास समिति संयोजक राममणि पाण्डे, सामाजिक विकास समिति संयोजक भरतमणि अर्याल, सार्वजनिक सेवा समिति संयोजक खोपीराम चौधरी र विधेयक समिति संयोजक रमेशकुमार पाण्डे रहनुभएको छ ।

अन्य सदस्यहरुमा वडानम्वर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा नम्वर ४ का अध्यक्ष भिमबहादुर सार्की, वडानम्वर–९ का अध्यक्ष मानबहादुर बस्नेत, कार्यपालिका सदस्य धनबहादुर कुसुन्डा, जिल्ला प्रशासनका नवराज शर्मा, उपमहानगर सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, सेनानी सुरेन्द्रबहादुर चन्द, प्रहरी निरीक्षक सन्तोष चन्द, प्रहरी सहायक निरीक्षक मणिराम चौधरी रहनुभएको छ ।

त्यसैगरी नेकपा, नेपाली कांग्रेस, राप्रपा, जनमोर्चाका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, रेडक्रस घोराही उपशाखा सभापति थम्मन चौधरी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मानव कल्याण तथा वातारण संरक्षण केन्द्रका श्रीमन न्यौपाने सदस्य र सदस्य सचिवमा वातावरण विपत व्यवस्थापन शाखा प्रमुख उमेश शर्मा रहनुभएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कुनै पनि विपदको व्यवस्थापन सहकार्यबाटै गर्नुपर्नेमा जोड दिएका छन् । सामुहिकताबाट विपदको व्यवस्थापन र क्षति न्यूनीकरणमा लाग्नु पर्नेमा उनीहरुको जोड छ ।

सम्भावित बिपदको पहिचान गरेर प्रतिकार्यका लागि सबै सरोकारवालाहरुले योजनाबद्ध ढंगबाट काम गर्नुपर्ने आवश्यकता समेत आंैल्याएका छन् । कार्यक्रममा विपत पूर्व तयारी सञ्जाल नेपालका उप महासचिव हर्षमान महर्जनले विपद् व्यवस्थापन तथा कार्यविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close