रुपन्देही गाेली काण्डका घाइते भारतीय नागरिकको मृत्यु – दाङ खबर
Global Luja Dang

रुपन्देही गाेली काण्डका घाइते भारतीय नागरिकको मृत्यु

MadanBhandari College

रुपन्देही जेठ ३ । रुपन्देहीमा बिहीबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना भारतीय नागरिकको ज्यान गएको छ ।

हतियारसहित नेपाल प्रवेश गर्ने क्रममा भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबीमाथि रुपन्देहीको सिद्धार्थनगर १० शंकरपुरमा प्रहरीले गोली हानेको थियो । गोली उनको पेटमा लागेको थियो ।

उपचारको क्रममा धोबीको भारतको महाराजगञ्जमा ज्यान गएको बताइएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको छ । यो घटनामा ३ जना प्रहरी पनि घाइते भएका थिए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close