Global Luja Dang

रुपन्देहीमा गोली गोली चल्यो

Birala Tyre Dang

रुपन्देही जेठ २- रुपन्देहीमा गोली चल्दा तीन प्रहरीसहित चार जना घाइते भएका छन । एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगरस्थित शंकरपुर नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक जना भारतीय नागरिक पनि घाइते भएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । गोली लागेर घाइते भएका ती व्यक्तिलाई भारतीयहरुले नै लिएर गएका छन ।

उनीहरुको गोली प्रहारबाट ३ जना प्रहरी पनि घाइते भएका छन । पक्राउ पर्नेमा भारत महाराजगञ्ज फरेण्डाका झिनक धोबी हुन् । उनीबाट एउटा अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close