Global Luja Dang

यसरी मिल्याे नेकपाका भ्रातृ संगठनमा भागबण्डा

Birala Tyre Dang

काठमाडौँ जेठ २ । केन्द्रीय कमिटी एकता भएको एक वर्षपछि नेकपाले भ्रातृ संगठनको एकता टुंग्याएको छ । गत वर्ष जेठ ३ गते तीन महिनाभित्र पार्टीका सबै संरचना एक गरिसक्ने घोषणा गर्दै एक भएका तत्काली एमाले र माओवादी केन्द्रले बल्लबल्ल भाृत संगठनको एकता टुंग्याएका हुन् । जिल्ला तहको एकता पनि एक महिनाअघि टुंगिएको थियो।

कुन संगठनको नेतृत्व कसलाई ?

विद्यार्थी संगठन : तत्कालीन एमालेका ऐन महर संयोजक, सहसंयोजकमा माओवादीका रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत

यूवा संगठनमा : संयोजक तत्कालीन माओवादीका रामप्रसाद सापकोटा र सहसंयोजक तत्कालीन एमालेका रमेश पौडेल

महिला संगठन : संयोजक तत्कालीन माओवादीकी अमृता थापा र सहसंयोजक एमालेकी सीता पौडेल

मजदुर संयोजक : माओवादीतर्फका विनोद श्रेष्ठ र एमाले तर्फका सहसंयोजक जगत सिम्खडा

प्रेस संगठन : संयोजक माओवादीतर्फका महेश्वर दाहाल र सहसंयोजक तत्कालीन एमालेतर्फका गणेश बस्नेत

बुद्धिजिवी संगठन : संयोजक तत्कालीन एमालेतर्फका दिनेशचन्द्र देवकोटा र सहसंयोजक तत्कालीन माओवादीतर्फका कृष्ण केसी ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close