Victoria College Dang

जेष्ठ नागरिकलाई सम्मान – दाङ खबर

जेष्ठ नागरिकलाई सम्मान

MadanBhandari College

दाङ, जेठ २ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर १६ ले वडाका ५७ जना जेठ नागरिकहरुलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षको कार्यक्रम तथा वजेटमार्फत वडामा रहेका ८० वर्ष माथिका ५७ जना जेष्ठ नागरिकहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

जेष्ठ नागरिकहरुको सम्मान सबैले गर्नुपर्छ भन्ने सन्देश दिन र स्थानिय सरकारको अनुभुति गराउन वडा कार्यालयले ५७ जनालाई दोसल्ला ओढाएर एक डिब्बा हलरिक्स र एक एक थान छाताले सम्मान गरेको हो ।

वडाका कार्यबहाक अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो । वडाका जेष्ठ नागरिक १०३ वर्षिय टेकबहादुर मल्ललाई माला, टिका, दोसल्ला ओढाएर नगर प्रमुख चौधरी र कार्यबहाक अध्यक्ष श्रेष्ठले सम्मान गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताउनुभयो । जेष्ठ नागरिकहरुको सिप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाईकारुपमा लिनु पर्नेमा जोड दिनुभयो ।

जेष्ठ नागरिकहरुकै सम्मानमा नगरले प्रत्येक वडामा जेष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना गर्ने योजना अघि सारेको बताउनुभयो । जेष्ठ नागरिकहरुलाई एक्लो महसुस गर्नु नपर्ने भन्दै सरकारले सामाजिक सुरक्षा भत्ता सँगै विभिन्न सम्मानका कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

वडा सरकारले आफुहरुलाई सम्मान गरेकोमा जेष्ठ नागरिकहरु खुसी देखिएका छन् । खिमेन्द्रसिंह खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close