Victoria College Dang

सय किलो गाजासहित २ जना पक्राउ – दाङ खबर

सय किलो गाजासहित २ जना पक्राउ

MadanBhandari College

सर्लाही,जेठ २ –  प्रहरीले सर्लाहीको लालबन्दीबाट ठुलो परिमाणमा लागु औषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।सर्लाहलालबन्दी नगरपालिका–१४ गंगटेबाट १ सय किलो गाजासहित २ सर्लाहीकै सानोकान्छा योञ्जन र पर्साको पर्सागढी नगरपालीका–९ मनवा बजारका ३४ बर्षका प्रगन सहनीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सय किलो गाजा, गाजा बनाउन प्रयोग गरिने काठको फर्मा,लगायतका सामानहरु समेत बरामत गरिएको ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक किरण प्रसाद न्यौपानेले बताए ।पक्राउ परेका दुबै जना पेशेवर लागु औषध ओसार पसारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close