सामाजिक र राजनीतिक जागरणमा रेडियोको भूमिका महत्वपूर्ण छ–मुख्यमन्त्री पोख्रेल – दाङ खबर
Global Luja Dang

सामाजिक र राजनीतिक जागरणमा रेडियोको भूमिका महत्वपूर्ण छ–मुख्यमन्त्री पोख्रेल

MadanBhandari College

दाङ, जेठ १ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मुख्यमन्त्री पोख्रेलले सामाजिक र राजनीतिक जागरणमा रेडियोको भूमिका शसक्त रहेको बताउनुभएको छ । रेडियो मध्यपश्चिमको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘जनताहरुलाई सामाजिक र राजनीतिक चेतना फैलाउन नेपालका रेडियोहरुले खेलेको भूमिका प्रशंसनीय रहेको छ । रेडियोले परिवर्तन संस्थागत गर्नका लागि आफ्नो भूमिका बढाउनुपर्दछ ।’

लोकतान्त्रिक राज्यलाई कमजोर पारेर लोकतन्त्र बलियो हुनै नसक्ने भन्दै मुख्यमन्त्री पोख्रेलले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि कुनै पनि सञ्चार माध्यमले गर्न नहुने बताउनुभयो । मुलुकको परिवर्तनका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘मुलुकको परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सञ्चारको विकासका लागि सरकार प्रतिवद्ध छ ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘मुलुकको चौथो अंग सञ्चारलाई व्यवस्थित गर्ने जिम्मेवारी सरकारको हो । हामी यो काम गर्दैछौं ।’

सञ्चार क्षेत्रमा आएका बिकृतिलाई रोक्न पत्रकारहरु स्वयंले बसह र समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले सरकार सञ्चार क्षेत्रलाई नियन्त्रण गरेर कमजोर पार्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रमा पसेको भाइरसलाई नियन्त्रण गर्नुको विकल्प नभएकाले सरकारले सञ्चार माध्यमलाई नियमन गर्ने तयारी थालेको बताउनुभयो ।

बुधबार नै दाङको घोराहीमा आयोजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सफथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जन आकांक्षा अनुरुपको वजेट ल्याउन लागेको जानकारी दिनुभयो । ‘समृद्ध प्रदेश सुखी प्रदेशबासी’ भन्ने नारालाई सार्थक बनाउने गरी प्रदेश ५ को वजेट ल्याउन लागेको बताउनुभयो ।
अधिकारका लागि लड्दैमा नेपालीहरुले लामो समय खर्चेको भन्दै मुख्यमन्त्री पोख्रेलले अब समाज रुपान्तर गर्ने दिशातर्फ सबै लाग्नुपर्ने बताउनुभयो । समाजवाद उन्मुख समाजका रुपमा नेपाली समाजलाई रुपान्तरण गर्नतर्फ सरकार लागिपरेको भन्दै मुख्यमन्त्री पोख्रेलले समाजवादसम्म पुग्ने लक्ष्यका साथ सरकारका गतिविधि सञ्चालन भइरहेको बताउनुभयो ।

राष्ट्रलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने संकल्प सरकारले लिएको भन्दै मुख्यमन्त्री पोख्रेलले सोही दिशामा अगाडि बढिरहेको बताउनुभयो । नेपाली राजनीतिले सबै प्रकारका शक्तिलाई पराजित गरिसकेको दावी गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘नेपाली राजनीतिले सबै खालका शक्तिलाई पराजित गरिसकेको छ, अब राष्ट्रको गरिबीलाई पराजित गर्न बाँकी छ । यसै अनुरुप सरकार लागिपरेको छ ।’

समाजमा पछि पारिएका समुदायलाई अगाडि बढाउनुका साथै मुलुकको अर्थतन्त्रलाई सवल बनाउनु सरकारका सामु चुनौति रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले यी चुनौतिको सामना गरी असल राष्ट्र बनाउने र समाजवादको आधार तयार पार्ने अनि बैधानिक तवरले समाजवाद ल्याउने बताउनुभयो । राजनीतिक परिवर्तन भन्दा कैयौं गुना महत्वपूर्ण समाज परिवर्तन र अर्थतन्त्र परिवर्तन गर्नु महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री पोख्रेलले राजनीतिक परिवर्तन गर्ने कुरामा नेपाली समाजको मनोवृत्ती बनेका कारण राजनीतिक परिवर्तनपछि पनि समाज परिवर्तन हुन नसकेको बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका पोख्रेलले बलियो कम्यूनिष्ट पार्टी निर्माण गर्नुको उद्देश्य सरकार सञ्चालन गर्नु मात्र नभएर नेपाली क्रान्तिको भावना अनुसार समाजलाई बदल्नु नै रहेको बताउनुभयो । ‘बलियो कम्युनिष्ट पार्टी स्थापना गर्नुको पछाडि सरकार सञ्चालन गर्नु नभएर समाज बदल्नु हो । समाजवादसम्म मुलुकलाई लैजानु हो’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो , ‘उक्त कामको आरम्भ भइसकेको छ ।’

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close