Global Luja Dang

प्रहरीमाथि ज्यान मारेको आरोप, ५ प्रहरीविरुद्ध उजुरी

Birala Tyre Dang

बैतडी जेठ १। बैतडीको पाटनमा एक वृद्धको मृत्यु भएको घटनामा प्रहरीलाई आरोप लागेको छ । पाटन नगरपालिका ६ लदेडाका ७४ बर्षीय कमलाकान्त पन्तको प्रहरीको कुटाईबाट मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् ।

वैशाख ३० गते राती कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र हसियाले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो । पन्तले हसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते समेत भएका छन् । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका छन् ।

लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको थियो । कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले ५ प्रहरी विरुद्ध कर्तव्य ज्यान मुद्धामा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए ।

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । यो मुद्दा अदालतमा पेश गरिने प्रहरी नायव उपरीक्षक गिरीले बताए । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close