‘कुम्भ करण’ ट्रेलर -गाउँकी शिक्षिका बनिन् निशा – दाङ खबर
Global Luja Dang

‘कुम्भ करण’ ट्रेलर -गाउँकी शिक्षिका बनिन् निशा

MadanBhandari College

काठमाडौं, जेठ १। नेपाली चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो जेठ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा रोमान्टिक, सस्पेन्स र कमेडी विषयलाई प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा अभिनेत्री निशा अधिकारी गाउँको एक विद्यालयको शिक्षिकाको भूमिकामा देखिएकी छिन् । त्यस्तै अभिनेता भोलाराज सापकोटा प्रध्यानाध्यापक, गौरव पहारी शिक्षक र अभय बराल पिउनको भूमिकामा देखिएका छन् । चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, सद्भाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद छ । चलचित्रको कार्यकारी निर्मातामा रोम वली रहेका छन् भने निर्मातामा क्षितिज बस्नेत र खड्क बुढाथोकी रहेका छन्।चलचित्रमा हरि लामाको छायांकन विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन वाइवाको संगीत र सुरेन बसेलको नृत्य निर्देशन रहेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close