Global Luja Dang

बिहेको तयारीमा रहेकी युवती मृत फेला

Birala Tyre Dang

बुटवल,जेठ १। रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ बर्षीय सवनाम निशा मृत फेला परेकी हुन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् ।

बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो । स्थानीयवासीले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको बताए । ‘घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले गम्भिर रुपमा अुनसन्धान गरेका छौ’ एसपी थापाले बताए ।

निशाको घर परिवारले बिहे गर्न केटासँग कुरा भइरहेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि काठमाडौं टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रमा लिएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close