भीरबाट लडेर वृद्धको मृत्यु – दाङ खबर
Global Luja Dang

भीरबाट लडेर वृद्धको मृत्यु

MadanBhandari College

बाजुरा, जेठ १। हिमाली गाउँपालिका- ३ युनामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीया पच्चवीर रोकाया रहेको स्थानीयले जानकारी दिएका छन्।

गाउँनजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेको गाई बचाउन खोज्दा रोकाय भीरबाट लडेका थिए। गाई बचाउन गएका रोकायाको लडेर मृत्यु भएको स्थानीय कल्धरी सुनारले जानकारी दिइन्।

युना सदरमुकामबाट पाँच दिनको पैदल दुरीमा पर्छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close