Global Luja Dang

जेठाजु बुहारी हत्या प्रकरण – अञ्जनाको श्रीमान पहिलो पटक मिडियामा

Birala Tyre Dang

काठमाडौं ,जेठ १। ललितपुरमा जेठाजुले बुहारीको हत्या गरेको घटना बाहिरिएि पछि यस घटनाको चर्चा चौतर्फी रुपमा भइरहेको छ । घटना पनि एकदमै रहस्यमय बन्दै गएको छ । सत्य तथ्य कुरा बाहिर आउन नसकेको अवस्थामा घटना घटेको भएको लामो समयपछि मृत अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा आएका छन् ।

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका उनी भन्छन् । के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म नखुलेको जानकारी समेत दिएकाछन् । हत्यारा दाजुको स्वभाव अलि घुसघुसे ( धेरै नबोल्ने) खालको रहेकोले पनि उनले पहिल्यै देखि रिसले हत्या गरेको हुन सक्ने आशंका पनि गरेका छन् ।

उक्त घटनालाई लिएर केही अनलाइनहरुमा हत्यारा जेठाजु मानसिक रोगी रहेको लेखेपनि उनी भन्छन् –यदि दाईको मानसिक सन्तुलन ठिक नभएको भए किन प्रहरीलाई खबर गर्नु भन्थ्यो ।

उनले दाइको मानसिक सन्तुलन ठिक भएरै पनि श्रीमतीको हत्या गरेको दाबि समेत गरे । अहिलेसम्म हत्या गर्नुको ठोस रहस्य बाहिर नआएपनि प्रहरीले उक्त घटनालाई कडा अनुसन्धान गरिरहेको जानकारी प्राप्त छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close