यस्तो छ शुक्रबार सम्मको मौसम पूर्वानुमान – दाङ खबर
Global Luja Dang

यस्तो छ शुक्रबार सम्मको मौसम पूर्वानुमान

MadanBhandari College

काठमाडौं ,जेठ १। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन प्रकाशित गरेको छ । बुलेटिनमा मौसम सम्बन्धी यस्तो पूर्वानुमान गरिएको छ बुधबार— देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागमा मौसम सफा हुनेछ ।

देशका पूर्वी र मध्य भूभागका थोरै स्थान र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । राति देशका पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सफा हुने तथा देशका पूर्वी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

विहीबार — दिउँसो देशको पूर्वी र मध्य भूभाग तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बांकी भूभागमा आंशिक बदली रहनेछ । देशका पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार— दिउँसो देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पूर्वी र पश्चिर्मी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close