Global Luja Dang

पार्किङमा राखिएका दुई वटा बसमा आगलागी

Birala Tyre Dang

नेपालगञ्ज बैशाख ३१ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बाइपासमा पार्किङमा राखिएको दुई वटा बसमा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट ग्यारेजमा राखिएको दुई वटै बस पूर्ण रुपमा जलेको छ ।

ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस पूर्ण रुपमा जलेकोे हो । मंगलबार विहान करीब पौन ११ बजे बसमा अचानक आगो लागेको स्थानीयहरुले बताएका छन् । बसमा आगलागी भएलगत्तै स्थानीयले नेपालगञ्ज बरुण यन्त्रलाई खबर गरेका थिए । खबर पाए लगत्तै दमकल घटना स्थलमा पुगेको थियो ।

नेपालगञ्जको दमकलले आगलागी निभाउन नसक्दा कोहलपुर नगरपालिकाको दमकल पुगेको थियो । दुई दमकल मिलेर बसमा लागेको आगो निभाउन सफल भएका थिए ।  स्थानीय, दमकल कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको छ । तर, दुइवटै बस जलेर खरानी भएको स्थानीय बुद्धिमान रानाले भने । आगलागीका कारण र क्षति विवरण अनुसन्धानपछि बाहिर आउने नेपालगञ्ज वडा प्रहरी कार्यालयका ईन्चार्ज नारायण डाँगी बताए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close