Global Luja Dang

एकै दिन चार जनाको विष सेवनबाट मृत्यु

Birala Tyre Dang

वीरगञ्ज,बैशाख ३१-पर्साको विभिन्‍न स्थानमा एकै दिन चार जनाले बिष सेवन गरेको प्रहरीले जनाएको छ।बिष सेवन गर्ने तीन जना बिरगञ्ज महानगरपालिकाकै रहेको र अन्य एक जना भने पर्साको कालिकामई गाउपालिकाको रहेका छन ।बिष सेवन गर्ने मध्ये ३ जना महिला र एक जना पुरुष रहेका छन्।

विरगञ्‍ज महानगरपालिका २५ सिर्सिया बस्ने बलिराम महराकी श्रीमती २५ बर्षीय फुलकान्ती देवी महरा,वडा नम्बर ३१ सोलखपुर बस्ने मुकेश चौधरीकी श्रीमती १९ बर्षीय अजली कुमारी र वडा नम्बर २ छपकैया बस्ने २४ बर्षीय प्रिती शाही र कालिकामाई गाउपालिका १ बस्ने चोकट पासवानको २५ बर्षीय हिकेश पासवानले सोमबार राति बिष सेवन गरेको प्रहरीले जनाएको छ।

उनीहरुले घरायसी विवाददका कारण नाम नखुलेको बिषादी सेवन गरेको पर्सा प्रहरीले जनाएको छ।बिष सेवनबाट बेहोस भएका चारैजनाको बिरगञ्‍जका विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close