१२ जना अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान – दाङ खबर
Global Luja Dang

१२ जना अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Birala Tyre Dang

दाङ, वैशाख ३१ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर ५ ले १२ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडाध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वडाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभयो ।

शैक्षिक सामग्रीहरु पाउने विद्यार्थीहरुमा उमेश चौधरी, आकृती नेपाली, भगवानप्रसाद नेपाली, सन्ध्या नेपाली, समिर विक, हेमराज नेपाली, विमल नेपाली, लक्ष्मण केसी, सुनीता वली, विशाल श्रेष्ठ, सन्दीप चौधरी र रुस्टन चौधरी रहेका छन् ।

उनीहरुलाई कापी, कलम, डे«ेस र झोला प्रदान गरिएको छ । यसैबीच वडा कार्यालयको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा चिन्तामणि पौडेल र विवेक खड्काले अपांगता भएका व्यक्तिहरुको सिप, ज्ञान र क्षमता विकासका विषयमा प्रशिक्षण दिनुभएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सबै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । व्यक्तिमा अपाङ्गता आउन नदिन गर्भदेखि नै स्वास्थ्य जाँच, पोषण, खोपमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close