आकासको तस्बिर हेरेर चित्त बुझाउँदै पूजा – दाङ खबर
Global Luja Dang

आकासको तस्बिर हेरेर चित्त बुझाउँदै पूजा

MadanBhandari College

काठमाडौँ, बैशाख २७- लोकप्रिय जोडी पूजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको ‘तस्बिरमै हो कि मैले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ गरी दुई चलचित्रमा एकसाथ देखिएका पूजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन्।सनुप पौडेल र निशा कँडेलको स्वर रहेको गीतमा विष्णुबाबु देवकोटाको शब्द तथा टीका दाहालको संगीत सुन्न सकिन्छ। गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्ध थापाको छायाँकन ,सविना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ।लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ। गीतलाई केबीए गोल्बलले निर्माण गरेको हो।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close