प्रदेश ५ सरकार – दाङ खबर
Global Luja Dang

प्रदेश ५ सरकार

MadanBhandari College

दाङ बैशाख २७ । प्रदेश ५ सरकारले सबै कर्मचारीलाई प्रतिवद्धता पत्र भराउनु पर्ने निर्णय कार्यान्वयन हुन सकेकाे जानकारी गराएकाे छ । मन्त्रिपरषदको पहिलो बैठकले प्रदेशमा आउने सबै कर्मचारीलाई प्रतिवद्धता पत्र भराएर सपथ गराउने निर्णय गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव बसन्त अधिकारीले कर्मचारी समायोजन र व्यवस्थापनका कामले गर्दा सो निर्णय कार्यान्वयन हुन नसकेको बताए । प्रतिवद्धता पत्रमा ‘पदीय हैसियतले गर्ने काम मन वचन र कर्मले इमान्दारी पूर्वक गरी प्रदेशमा सुशासन कायम गर्न र सम्वृद्ध प्रदेश बनाउन लागि पर्ने छु’ भन्ने थियो ।

मन्त्री तथा सचिवले सुरुमै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरे पनि सबै कर्मचारीले गरेका छैनन् । प्रदेश सरकारले प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउने पद्दतीले काम गर्न सकरात्मक मनोविज्ञान तयार पार्ने विश्वास लिएको थियो । समाचार नयाँ पत्रिकामा छापिएकाे छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close