Global Luja Dang

दिवाकर र दीपिकाले गरे बिहे

Birala Tyre Dang

काठमाडौं ,बैशाख २६। अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराई विवाह बन्धनमा बाँधिएका छन् । एक साताअघिसम्म चलचित्र ‘हेलो जिन्दगी’को सुटिङमा लन्डनमा रहेकी अभिनेत्री दीपिका पाँच दिनअघि विवाहकै लागि भनेर नेपाल फर्किएकी हुन् । सिन्धुलीका निर्देशक भट्टराईले मंगलबार अभिनेत्री दीपिकाको घर धनगढी जन्तीसहित पुगेर विवाह गरे ।

करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले तीन महिनाअघिनै इन्गेजमेन्टसहित कानुनी विवाह गरे पनि सामाजिक रीतअनुसार मंगलबार विवाह गरेका हुन् ।

यी दुईको विवाहमा त्यति धेरै चलचित्रकर्मीहरूको उपस्थिति रहेन । दिवाकर र दीपिकाले काठमाडौंमा विवाहको छुट्टै रिसेप्सन पार्टी दिने बताइएको छ ।तीन वर्षअघि चलचित्रऐश्वर्यको छायांकनमा अभिनेत्री दीपिका र निर्देशक दिवाकर नजिक भएका थिए ।पहिलो चलचित्र ऐश्वर्य हिट भएपछि दीपिकाले छक्का पञ्जा–३ मा काम गरिन् ।

अहिले उनी नयाँ फिल्म हेलोजिन्दगीको छायांकनमा व्यस्त छिन् । यस्तै निर्देशक दिवाकरले स्टुपिड मन, ड्रिम्स, क्याप्टेनलगायतको फिल्म निर्देशन गरिसकेका छन् ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close