नीति तथा कार्यक्रमको सारांश – दाङ खबर
Global Luja Dang

नीति तथा कार्यक्रमको सारांश

MadanBhandari College

काठमाडौं वैशाख २५ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट मंगलवार पारित भएको छ । उक्त नीति तथा कार्यक्रममा सरकारले आगामी वर्ष अर्थात् १ वर्षको अवधिदेखि वि.सं. २१०० सम्मका विभिन्न अवधिमा आफूले सम्पन्न गर्ने लक्ष्य लिइएका काम/कार्यक्रमहरु समावेश गरेको छ ।

१ वर्षभित्र सम्पन्न गर्ने मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललगायतको निर्माण सम्पन्न गर्नेदेखि लिएर दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नेसम्मका कुरा नीति तथा कार्यक्रममा समेटिएका छन् । २१८ बुँदामा समेटिएको २७ पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रममा सरकारले तोकिएको अवधिभित्र पूरा गर्ने उल्लेख भएका कार्यक्रमहरु यहाँ प्रस्तुत गरिएको छ :

१ वर्षभित्र

२०७६ साउनदेखि १५ औं योजना कार्यान्वयन गरिने
मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ४५६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने
कोसी र कर्णाली कोरिडोरको सबै खण्डको ट्र्याक खोल्ने कार्य सम्पन्न गर्ने
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने
५ लाख रोजगारी सृजना गर्ने
नेपाल भ्रमण वर्ष–२०२० अभियान सञ्चालन गर्ने
सातै प्रदेशमा औद्योगिक क्षेत्रहरुको निर्माण शुरु गरिने
नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गर्ने
दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानी उत्खननका लागि अध्ययन सम्पन्न गर्ने
बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गर्ने
सुनकोसी–मरिन डाइभर्सन आयोजनाको निर्माण कार्य शुरु गरिने
माडी–दाङ डाइभर्सन आयोजनाको अध्ययन सम्पन्न गर्ने
वृक्षारोपण वर्ष घोषणा गरी काष्ठ, गैरकाष्ठ तथा फलफूलका विरुवा रोपण गर्ने
हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्‍याई ७७ जिल्लाका सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा आवद्ध गरिने
जयनगर–बिजलपुरा र भारतको बथनाहदेखि विराटनगरसम्म रेल सेवा सञ्चालन गर्ने
१ हजार मेगावाट विद्युत थप गरिने
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइने
सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने
सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने
सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सकको व्यवस्था गर्ने
भक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु गर्ने
अमलेखगञ्ज–रक्सौल–मोतिहारी खण्डको पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गरिने
सम्भाव्य स्थानमा मेगा सिटी तथा स्मार्ट सिटी विकास गर्न आवश्यक पूर्वाधार निर्माण शुरु गरिने
काठमाडौंमा नयाँ शहर विकासको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने
काठमाडौं उपत्यकामा ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण गरिने
आधारभूतस्तरको खानेपानी सेवा ९२ प्रतिशत जनसंख्याको पहुँचमा पु¥याउने
भूकम्पबाट क्षतिग्रस्त खानेपानी तथा सडक आयोजनाहरु सम्पन्न गरिने
भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको बाँकी काम प्राथमिकताका साथ सम्पन्न गरिने
युवा वैज्ञानिक सम्मेलन आयोजना गरिने
युवा परिचालन वर्ष अभियान सञ्चालन गरिने
५० हजार युवालाई स्वरोजगार बनाइने
१३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता आयोजना गरिने

२ वर्षभित्र

भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने
माडी–दाङ डाइभर्सन आयोजनाको निर्माण कार्य शुरु गर्ने
वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य शुरु गर्ने
नेपाललाई साक्षर नेपाल घोषणा गरिने
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याइने
रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न गरिने
नापी हुन बाँकी रहेका सम्पूर्ण क्षेत्रको नापी कार्य सम्पन्न गरिने
जोखिमयुक्त बस्तीमा रहेका सबैलाई जोखिमरहित स्थानमा सुविधासम्पन्न आवासको व्यवस्था मिलाइने
देशभित्रै सुरक्षित छापाखाना स्थापना गरी राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपूर्जा र सार्वजनिक महत्वका कागजातहरुको सुरक्षण मुद्रण गरिने
धरहरा पुनर्निर्माण कार्य सम्पन्न गरिने
भूकम्पबाट क्षतिग्रस्त बाँकी सार्वजनिक संरचनाहरुको पुनर्निर्माण सम्पन्न गरिने
विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिने
सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने
सन् २०२१ को शुरुआतदेखि पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने
काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट मैदान सञ्चालनमा ल्याइने

३ वर्षभित्र

सातै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरु सञ्चालनमा ल्याइने
चोभारमा अन्तरराष्ट्रिय प्रदर्शनीस्थलसहितको सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइने
काठमाडौं उपत्यकामा ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गरिने
काठमाडौं उपत्यकामा संघीय संसद भवन, राजकीय अतिथि गृह, मन्त्री निवास, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय एवं निवासहरुको निर्माण सम्पन्न गरिने

४ वर्षभित्र

दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने
सिक्टा सिंचाइ आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न गर्ने
सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याइने
सम्पूर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिने
सबै नागरिकलाई बायोमेट्रिक सूचना र पृथक पहिचान नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने
मुक्त कमैया, मुक्त हलिया, सुकुम्वासीलगायत सबै भूमिहीन र सीमान्तकृत परिवारको बसोबास व्यवस्थित गरिने
आधारभूतस्तरको खानेपानी सेवा सतप्रतिशत जनसंख्याको पहुँचमा पुर्‍याउने

५ वर्षभित्र

प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट घण्टा पुर्‍याइने
३ लाख युवालाई स्वरोजगार बनाइने

विविध

वि.सं. २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सवलीकरण दशकका रुपमा कार्यान्वयन गर्ने
सन् २०३० अगावै दीगोविकासका लक्ष्यहरु हासिल गरी मध्यमस्तरीय आय भएको मुलुक बन्ने
वि.सं. २१०० सम्ममा उच्च मध्यमस्तरीय आय भएको सभ्य, सुसंस्कृत र विकसित मुलुक बनाउने

अभियानबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close