प्रदेश-५ ले बनायो ३८ कानुन, राजधानी र नामबारे अलमल – दाङ खबर
Global Luja Dang

प्रदेश-५ ले बनायो ३८ कानुन, राजधानी र नामबारे अलमल

Birala Tyre Dang

बुटवल बैशाख २२ । प्रदेश–५ प्रदेश सभाको तेश्रो अधिवेशन राजधानी र नामबारेको छलफललाई थाती राखेर २३ वटा कानुन पारित गर्दै सकिएको छ। तेश्रो अधिवेशनले पारित गरेका २३ वटा कानुनसँगै प्रदेश सभाका तीन वटा अधिवेशनबाट ३८ वटा (२ वटा संसोधनसहित) कानुन बनेका छन्। जसमध्ये ८ वटा मात्रै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्।

प्रदेश सभाको पहिलो अधिवेशनदेखि नै चर्चा र बहसमा रहेको राजधानी र नामबारे भने प्रदेश सभाको तेश्रो अधिवेशनले पनि टुंगो लगाउन सकेन। नामबारे लुम्बिनीमा सहमति जुट्ने करीब टुंगो लागेपनि राजधानीका बारेमा रुपन्देही र दाङबारे विशेष समितिमै टुंगो लागेको छैन।

राजधानीका बारेमा १२ जिल्लाको सुझाव संकलन सकेर विशेष समितिले विज्ञहरुसँग छलफल गर्ने र अन्तिम प्रतिवेदन बनाउने तयारीमा लागेको समिति सभापति दीपेन्द्र पुन मगरले जानकारी दिए।

यी हुन् प्रदेश सभाबाट पास भएका विधेयक
प्रदेश सभाको हिउँदे अधिवेशनबाट जाँचबुझ आयोग, संघसंस्था दर्ता, अन्तर–प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा, प्रसारण विधेयक, जिल्ला सभा तथा जिल्ला समन्वय समिति, प्रशासकीय कार्यविधि (नियमित गर्ने), आकस्मिक कोष, सहकारी, बीउबिजन, दाना पदार्थ, मल व्यवस्थापन, पशु स्वास्थ्य तथा पशु सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पास भएका छन्।

यस्तै पशु बधशाला तथा मासु जाँच, औद्योगिक व्यवसाय, भवन निर्माण, तथ्यांक, खानी अन्वेषण र व्यवस्थापन, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति, बालबालिकाको हक अधिकार संरक्षण, खेलकुद, प्रदेश पर्यटन, गाउँ सभा/नगरसभाको कार्य सञ्चालन र प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास भएको सूचना अधिकारी मनोज कुमार पाण्डेले बताए। यसअघिका दुईवटा अधिवेशनले १६ विधेयक दर्ता भएकोमा १५ वटा विधेयक पास गरेको थियो। सभामा दर्ता भएकामध्ये प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक संघका कारण रोकेर हिउँदे अधिवेशनमा पेश गरिएको थियो।

प्रदेश सभाको पहिलो अधिवेशनले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा, सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक, गाउँ नगर सभाको कानुन निर्माण सम्बन्धी विधेयक, सञ्चित कोषबाट रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धी विधेयक, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा, मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र सुविधा, प्रदेश सभा सचिवालय सम्बन्धि विधेयक पास गरेको थियो।

यस्तै दोश्रो अधिवेशनले वित्त व्यवस्थापन सम्बन्धी विधेयक, कर, गैरकर राजस्व लगाउने र उठाउने, सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने आर्थिक विधेयक, सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्त, गाउँ नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन संसोधन, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन संसोधन सम्बन्धी विधेयक पारित गरेको थियो।

देश सञ्चारबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close