समृद्धिको यात्रामा लघुवित्तको पनि अहम् भुमिका रहन्छ – दाङ खबर
Global Luja Dang

समृद्धिको यात्रामा लघुवित्तको पनि अहम् भुमिका रहन्छ

MadanBhandari College

प्रेम सुवेदी/यतिबेला देशमा आर्थिक सबृद्धिको विषयमा निकै बहस चलेको छ । अन्य क्रान्ति पुरा भएको र अब आर्थिक क्रान्तिलाई प्राथमिकतामा राख्नु पर्ने बहस चलेको छ । अधिकांश जनता गरिवीको रेखा मुनी छन् । मुख्य पेशा कृषि छ । देशको ब्यापार घाटा दिनानु दिन बढ्दै छ । अर्काको एकोहोरो श्रमले सबृद्धिको सपना देख्नु गलत हो । देशमा हिजोको दिनमा गर्दै आएको कषि पेशा पनि विस्तारै कमजोर हुँदै गएको छ । ब्याबस्थित परिस्कृत र आधुनिक रुपमा अगाडी बढ्नु पर्नेमा कमजोर बन्दै गएको छ । देशको मुख्य आम्दानीको श्रोत र नेपालको सम्बृद्धिको ३ खम्बा मध्येको १ खम्बा दिनानुदिन कमजोर हँुदैछ । नेपालले कृषिबाट नै सम्बृद्धि खोजेको भन्ने नारा दिने तर कृषिलाई आधुनिकीकरण र ब्याबसाइकिकरण गर्न नखोज्ने परिपाटीले समस्या सिर्जना गरेको छ । कृषिमा अनुदान होइन , बजार ब्याबस्थापन गरिदिने हो भने उत्पादन आफै हृन्छ । नेपालमा उत्पादन भएको बेला सस्तोमा भारतबाट आयात हुँदा नेपालको उत्पादनले बजार पाउँदैन अनि किसार निरास हँने अबस्था आँउछ । सहुलियत होइन बजार ब्याबस्थापनमा सरकारेल ध्यान दिने हो भने उत्पादनमा स्वतः बृद्धि भई सबृृद्धिमा सहयोग पुग्ने छ ।

यस्तो बिषम परिस्थितिमा पनि लघुवित्तले ग्रामिण क्षेत्रको उन्नती र विकाशमा निरन्तर आफ्नो यात्रा जारी राखेको छ । लघुवित्तले गरिब भन्दा गरिब जनताको आर्थिक स्थिति र जीवन स्थर उठाउन जोखिम मोलेर कार्य गरिरहेको छ । समय सापक्षे आफ्ना सेवाहरु परिमार्जित गर्दै समानता र सम्बिृद्धि तर्फ अघि बढी रहेको लघुवित्तका सेवाहरु यस्ता रहेका छन् ।

लघुकर्जा
परम्परागत बैंकिङसँग पहुँच नभएका , प्रसस्त धितो दिन नसक्ने , विपन्न ग्रामिण महिलाहरुलाई सामुहिक जिम्मेवारीमा पहिलो बर्षमा ३ लाख सम्म र दोश्रो बर्ष ५ लाख सम्म कर्जा प्रबाह गरि , आयआर्जन गर्नको निम्ती कर्जा प्रबाह गरिन्छ । आफ्नो भन्नु केही नभएका तर केही गर्छु भन्नेलाई यो कर्जा बरदान सावित भएको छ । कैयौं परिवारले लघुकर्जाको माध्यमाद्धारा आफ्नो आर्थिक हैसियतमा सुधार ल्याएका तमाम उदाहरण हाम्रो सामु छन् । केही आयआर्जनको काम गर्नु परेमा साहु महाँजनको चर्को ब्याजमा पर्ने र चर्को ब्याज तिर्दा ब्याबसाय फस्टाउन नसक्ने र सधैं ऋणको भारले थिचिनु पर्ने अबस्थाको अन्त्य भएको छ । त्यती मात्र होइन , लघुवित्त सँस्थाहरुले किसानको श्रीबृद्धिको निम्ती भरमग्दुर प्रयास गरेको देखिन्छ । ब्याबसायिक तालिमहरु प्रदान गर्ने , अबलोकन भ्रमणमा लैजाने , सफल किसानहरुलाई पुरस्कृत गर्ने जस्ता आधुनिक र ब्याबसायिक कृषिकोलागि अहम भुमिका निर्बाह गरेका छन् । जस्ले गर्दा गरिव निवारणमा ठुलो टेवा पुगेको महशुस गरिएको छ ।

बचत
किसान तथा ब्याबसायिहरुले कर्जा लिएर गरेको ब्याबसायलाई अध्यन अनुसन्धान सल्लाह शुझाम मात्र होइन थप उन्नत र विकशित गर्नको निम्ती लघुवित्त कर्मीले योगदान दिएका छन् । घरमा खर्च भएर सकिने सानो सानो बचतलाई गाँउमै गएर बचत गरिदिने , किसानलाई आबस्यक परेको बेला फिर्ता दिने जस्ता काम लघुवित्तले गर्दै आई रहेका छन् । आजको सानोसानो बचतले भविष्यमा आई पर्ने जटिल समस्यालाई समाधान गर्न टेवा पुग्ने र भैपरि आउने समस्याको सजिलै समाधान हुने गरेको छ । (जनता बैंक होइन , बैंक जनतामा जानु पर्दछ ) भन्ने मख्य योजना सहित लघुवित्तहरु गाँउमा अहोरात्र खटिरहेका छन् ।

लघुविमा
सानो पुँजीको जोहो गरेर जसोतसो आफ्नो ब्याबसायलाई अगाडी बढाई रहेको परिवारमा कुनै विपद् आई लाग्ला भनेर लघुविमाको ब्याबस्था लघुवित्तले गरेका छन् । श्रीमान्÷श्रीमतीको आयलाई मध्य नजर गरेर ब्याबसाय गरि रहेको समयमा कुनै एकको मृत्यु वा अपाङ्ग भएमा एकजनाले मात्र ब्याबहार धान्न गह्रो हुने भएकाले यस्तो ब्याबस्था गरिएको हो । विमाबाफत आउने रकमले परिवारमा आर्थिक भार थेग्न सहयोग गर्दछ ।

रेमिटेन्स
लघुवित्त नितान्त ग्रामिण क्षेत्रमा कार्यरत हुन्छन , जहाँ बैंक पुगेका हुँदैनन् । त्यस्तो ठाउँका जताहरु दिनभरी लगाएर सदरमुकाम वा अन्य शहरमा गई आर्थिक कारोबार गर्नु पर्ने हुन्छ । यस्तो ठाँउमा स्वदेश तथा विदेशबाट पठाएको रकम सजिलै आफन्तको हातमा पर्ने हुन्छ । लघुवित्त कार्यक्रमले ग्रामिण क्षेत्रमा हुने आर्थिक गतिविधीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

लघुवित्तले ग्रामिण ठाँउमा शाखा खोलेर ग्रामिण अर्थतन्त्रलाई चलायमान गराउनुको साथै , विभिन्न सिपमुलक तालिम , ब्याबसायिक तरकारी खेती , धानखेती पुशुपालन , अदुवा , अलैंची ,चिया खेती जस्ता बिषयमा साना ब्याबसायि तथा किसानहरुलार्ई टेवा पुराई रहेको छ । परम्परागत रुपमा गरिरहेको खेती प्रणालीलाई विस्थापनगरि आधुनिक खेतीमा विकाश गर्न सल्लाह सुझाब र सहयोग गरिरहेका छन् । समय समयमा विभिन्न तालिम , गोष्ठि , सेमीनार तथा वित्तीय साक्षरता तालिम चलाएर शैक्षिक , ब्याबसायिक र आर्थिक रुपमा गतिशिल बनाउने काम लघुवित्तले गरिरहेका छन् । ठुलो जोखिम मोलेर विना धितोमा कर्जा प्रदान गरेर गरिवी निवारण गर्न लघुवित्तहरु लागि परेका छन् । खासमा आर्थिक क्रान्ति लघुवित्तले गरिरहेका छन भन्दा उपयुक्त नै होला ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close