सरकारको नीति तथा कार्यक्रम – दाङ खबर
Global Luja Dang

सरकारको नीति तथा कार्यक्रम

MadanBhandari College

काठमाडौं बैशाख २१ । सरकारले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्षका रूपमा अगाडि बढाउने गरी नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले एक दशकमा मुलुकलाई समृद्ध मुलुकका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रकार सम्बोधन गर्दै मुलुकको समृद्धिलाई मुख्य आधार बनाएर सरकारको नीति तथा कार्यक्रमको घोषणा गरेकी छन् । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा आगामी चार वर्षमा दोहोर अंकमा पु¥याइने गरी सरकारले कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । अधिकांश नीति तथा कार्यक्रम अघिल्लो वर्ष नै समेटिएका कार्यक्रम रहेका छन् । सरकारले राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि गरी मुलुकभित्र पुँजी निर्माणको बलियो आधार तयार पारेको उनले बताइन् । सरकारले तुइन भएका ठाउँमा झोलुंगे पुल लिएर खोलाखोलामा पुगेको घोषणा गर्दै आगामी वर्षदेखि कुनै पनि खोलामा तुइन नहुने कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले प्रतिव्यक्ति विद्युत् खपत ९० किलोवाट घण्टा वृद्धि भएको छ । सरकारले यही वर्षमा २८७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षदेखि २५ वर्षे १५औं योजना कार्यान्वयन गर्ने भएको छ । यसैगरी, सरकारले आगामी ११ वर्षमा नेपाल मध्यम स्तरको आयभएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ भने आगामी ८१ वर्ष अर्थात् सन् २१०० सम्ममा नेपाल विकसित मुलुकको रुपमा पुग्ने महŒवकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।

सरकारले आगामी चार वर्षमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, काठमाडौं–निजगढ दु्रतमार्ग र हुलाकी लोकमार्ग सम्पन्न गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । योसँगै सरकारले आगामी वर्ष वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्यका मुलुकसँग श्रम सम्झौता गर्ने कार्यक्रमसमेत समेटेको छ । यसैगरी सरकारले मुलुकको राजधानी काठमाडौंमा ‘रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले सडक तथा राजमार्गको निर्माणसँगै विद्युतीय रेलका योजनासमेत सार्वजनिक गरेको छ ।

  • सरकारले राजमार्गको स्तरोन्नति र निर्माण गर्दा आपतकालीन हवाई अवतरण गर्न मिल्ने गरी निर्माण गरिने योजना सार्वजनिक गरेको छ । सरकारले गत वर्षको जस्तै रेलमार्ग र जलमार्ग निर्माणको कार्यक्रममा प्राथमिकतामा राखेको छ । आर्थिक वृद्धि र प्रत्येक नेपालीको आय बढाउन सरकारको घोषणाअनुसार अहिलेको लगानीलाई दोब्बर बनाउनुपर्नेहुन्छ । यसका लागि सरकारले आर्थिक वृद्धिको संवाहकका रूपमा कृषि ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई पहिचान गरेको छ ।
  • यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा आगामी चार वर्षमा दोहोरो अंकमा पुर्याइने

    राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि

    सार्वजनिक प्रशासनलाई विकासमैत्री बनाइने

    तुइन भएका ठाउँमा झोलुंगे पुल लिएर सरकार खोलाखोलामा पुगेको घोषणा

    प्रतिव्यक्ति विद्युत् खपत ९० किलोवाट घण्टा वृद्धि

    अब २८७ मेगावाट विद्युत् जोडिने

    आगामी आर्थिक वर्षदेखि २५ वर्षे १५औं योजना कार्यान्वयन हुने

    आगामी ११ वर्षमा नेपाल मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नति हुने

    आगामी ८१ वर्षमा नेपाल विकसित मुलुक हुने

    आगामी चार वर्षमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, काठमाडौं निजगढ दु्रतमार्ग र हुलाकी लोकमार्ग सम्पन्न गरिने

    ५ लाख रोजगारी सिर्जना गरिने

    रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा कार्यक्रम सञ्चालन हुने

    आपतकालीन हवाई अवतरण गर्न मिल्ने गरी राजमार्ग निर्माण गरिने

    रेलमार्ग र जलमार्ग निर्माण प्राथमिकतामा

    विद्यालयमा निःशुल्क स्यानेटरी प्याड

राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ । सरकारले नीति तथा कार्यक्रममा जनतासामु लोकप्रिय हुन जनताको काम गरेर देखाउने घोषणा गरेको छ । यस्तै, मुख्य सहरलाई हरित सहरका रूपमा विकास गरिने विषय नीति तथा कार्यक्रममा समेटिएको छ । अघिल्लो वर्ष नै राखिएको केन्द्रीय, प्रदेश र स्थानीय तहमा खेल पूर्वाधार तयार पार्ने नीतिलाई अहिले पनि सरकारले समेटेको छ ।
यसैगरी, सरकारले आगामी चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने योजना ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा कठोर कदम चालिने पनि उल्लेख गरेको छ । यस्तै, सबै नेपालीको स्वास्थ्य बिमा, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषय विगतमा जसरी नै प्राथमिकतामा राखेको छ । सरकारले आगामी आर्थिक वर्षदेखि हरेक विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण गर्ने भएको छ । आगामी चार वर्षभित्र कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ । कृषियोग्य भूमिको खण्डीकरण र अतिग्रहण रोक्ने विषय सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close