Global Luja Dang

गाउँको सफाईका लागि जुट्दै वडावासीहरु

Birala Tyre Dang

गोविन्द खड्का
दाङ, बैशाख ११ । हरेक महिनाको एक र १५ गते घोराही १६ ले विशेष सरसफाई अभियान चलाउन थालेको छ । हरेक घरबाट एक जना व्यक्ति सरसफाइ गर्न निश्कने गरेको कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वस्तिहरुमा प्लाष्टिक देखिन छोडेको छ ।

गत चैत ६ गते वडामा रहेका टोलविकास संस्था र अन्य संघ संस्थका अगुवालाई कावा अध्यक्ष श्रेष्ठले पुर्ण सरसफाइका सुचक पुरा गर्नेछौँ भन्ने व्यहोराको सपथ खुवाउनुभएको थियो । त्यसलाई व्यवहारीकता दिन हरेक महिना दुईपटक सामुहिक सरसफाइ चलाउन थालिएको छ ।

देखिने स्थानमा डस्टिवीन, इलेक्टीक फिल्टरको सुरक्षित खानेपानी, सावुन पानी सहितको शौचालयको व्यवस्था वडा कार्यालयमा छ । त्यसै अनुसारका घरहरु तथा कार्यालयहरु वडाका नागरीकको हुनुपर्छ भन्ने मान्यता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । प्लाष्टिक नजलाउने, पानी शुद्धिकरणको कुनै एउटा विधि भएको, फोहर बर्गिकरण सहित संकलन गर्ने व्यवस्था भएको सबै संस्था र व्यक्तिको घर हुनुपर्ने वडाले सुचक बनाएको छ । त्यसलाई कार्यान्वयन गर्न वडा बासीहरु एकजुट भएका छन् । नमुना सफा वडा बनाउन लागिपरेका छन् ।

प्लाष्टिकजन्य फोहर जलाएर नष्ट गर्नुपर्ने वाद्यता हटाउन वडाले घोराही उपमहानगरपालिकाका सरसफाइ गाडिहरुलाई वडा क्षेत्रमा घुमाउन थालेको छ । वडा वासीले संकलन गरेको प्लाष्टिकजन्य फोहो ल्याण्डफिल साईटमा पठाउन थालेको छ । यस अघि सार्वजनिक स्थल, वाटो चोकमा जलाएर नष्ट पार्ने चलनको अन्तहुँदै गरेको वडाले बताएको छ ।

अगुवाहरुले फ्याँक्ने ठाउँको व्यवस्थागर्न आग्रह गरे । आफ्नै वडामा ल्याण्डफिल साईटहुने फोहर फाल्न नपाईने भनेर गुणासो गरेका थिए । उनिहरुको प्रतिकृया पछि अध्यक्ष श्रेष्ठले काम नलाग्ने प्लाष्टिकजन्य फोहर संकलन गर्न आग्रह गर्नुभएको थियो । उठाउने व्यवस्था मिलाईने आश्वासन दिनुभएको थियो । घोराहीको पहिलो सफा वडा बन्न प्लाष्टिक वाधक मानिएको थियो, त्यो समस्या समाधान भएको छ ।

अहिले सम्म घरको प्लाष्टिक आगो फुक्न र सार्वजनिक स्थलका प्लाष्टिक खेरबटुल पारेर जलाउने गरेको टोलका अगुवाहरुको भनाई थियो । मठ मन्दिर, सामुदायिक तथा संस्थागत भवनका फोहर आगो लगाउँदै आएको बताएका थिए । प्लाष्टिक जलाउँदा आउने धुवाँवाट क्यान्सरका किटानु निश्कन्छन् भन्ने सुनेपछि झस्किएका थिए । उनिहरु आफैले बारीमा गए रुखो बनाउँछ, जलाए प्रदुशन फैलाउँछ त्यसैले समस्या छ के गर्ने ? भनि प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने गरी वडाले सरसफाइ गाडि लैजाने व्यवस्था मिलाएको छ ।

यसैगरी केहि शौचालय कच्ची भएको जानकारी दिएका छन् । केहि सामुदायीक एवं संस्थागत भवनमा शौचालय नभएको बताईएको छ । वडामा रहेका विद्यालयहरुले पनि प्लाष्टिकजलाउने गरेका थिए । सडकमा गुड्ने छोटोदुरीका स्थानिय वसहरुले पनि फोहोर जथाभावि खसाले बढाएका थिए । वडाले चलाएको पाक्षिक अभियान पछि न्युन हुँदै गएको छ ।

कुनैपनि सवारी साधन बाट फ्याँकिएको फोहोर उसैलाई उठाउन लगाई नियमानुसार कार्वाहि गरीने वडाले जनाएको छ । बस भित्र वेयर खाँदै वोतल सडकमा हुत्याउने लाई नियन्त्रणमा लिई एकहजार जरीवाना गरीको कावा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अब सबै सचेत भएकाले अटेरी गर्नेलाई उपमहानगरपालिका सरफाइ कार्यविधि अनुसार कार्वाहि हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

दाङ सुचना तथा अध्ययन केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरेको थियो । वडाको आर्थिक सहयोग बाट चलाएको अभियान फलदायी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वडा क्षेत्रमा सबै उतसाहित भएर सरसफाइमा लागेको जानकारी िदनुभयो । उहाँक अनुसार प्लाष्टिक जनय फोहर खोजेरै भेटिन्न । सार्वजनिक स्थल, चोक, चौतारा, मठ मन्दिर सबै क्षेत्रमा सरसफाइ अभियान तिब्र छ । सरसफाइ आन्दोलनकै रुपमा सबै क्षेत्रमा एकै चोटि मासिक दुईपट उठ्ने गरेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close