Victoria College Dang

प्रहरी भन्दै झुक्याएर लुटपाट – दाङ खबर
Global Luja Dang

प्रहरी भन्दै झुक्याएर लुटपाट

MadanBhandari College

विराटनगर ,बैशाख १०। विराटनगरमा तीन जना लुटेराले सादा पोशाकका प्रहरी भन्दै झुक्याएर लुटपाट गरेका छन् ।लुटेराहरुले गएराती १२ बजे विराटनगर ८ स्वागतम् टोलका सिंहेश्वर यादवको घरमा रु ६५ हजार नगद लुटेका हुन् ।

को ३७ प ४४७२ नम्बरको मोटरसाइकलमा आएका तीनजनामध्ये दुईजना रु ६५ हजार लिएर खेत तर्फ भागेको स्थानीयले बताएका छन् ।मोटरसाइकल चलाउने मोरङ जहदा ६ का सिमान्त करदार मण्डललाई भने स्थानीयले घेरेर पक्राउ गरेका थिए ।मण्डललाई वडा प्रहरी कार्यालय हाटखोलाबाट गएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले साथीहरुले रु २० हजार मात्रै लुटेको प्रहरीलाई बताएका छन् ।प्रहरीका अनुसार, फरार दुई मध्ये एक पेशेबर लुटेरा भएको खुलेको छ ।उनीहरुको खोजीका लागि राति देखि नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएका ेछ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close