Florence Hospital Dang
Majestic Hotel Dang

कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा उपमहानगरपालिका

Birala Tyre Dang

दाङ बैशाख ४ । दाङको घोराही उपमहानगरपालिकाको कृषि शाखाबाट चालु आर्थिक वर्षमा अनुदानमा भएका कृषि कार्यहरुको अनुगमन थालिएको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार सहित वडा अध्यक्ष, सदस्य र विभिन्न शाखा महाशाखा प्रमुखहरुले कृषि अनुदानको अनुगमन थाल्नुभएको हो ।

चालु आर्थिक वर्षमा वितरण गरेका कृषि औजार, सिचाई पूर्वाधार, माछा पालन, तरकारी खेती, कुलो निर्माण, पुष्पखेती, च्याउ खेती, टनेल निर्माण लगाएतका क्षेत्रमा दिइएका अनुदानहरुको सदुपयोग भए नभएको बारेमा उपमहानगरले अनुगमन थालेको हो ।

हिजो वडा नम्बर १ को सिमलतारा, अठ्ठाईसेमा बृहत पिडालु खेती, सिचाई कुलो निर्माण, हाते ट्याक्टर, रोडा मेसीन लगाएतको अनुगमन भएको र आज वडा नम्बर वडा नम्बर ५ को धर्ना, ६ को बबई घुस्रा र वडा नम्बर ९ को कर्मटुवामा माछापालन, पुष्पखेती, कृषि फर्म सहित पम्पिङ सेटमा दिईएको अनुदानको उपयोगिताहरुका बारेमा निरीक्षण भएको कृषि शाखाका राधा मल्लले जानकारी दिनुभयो ।

कृषि उत्पादनका किसानहरुलाई आकर्षित गर्दै व्यवसायीककरणमा लैजानका लागि उपमहानगरको कृषि शाखाले आबस्यक कृषि औजार सहित विउविजन र पूर्बाधारहरुमा अनुदान दिदै आएको छ । अनुगमनका क्रममा किसानहरुले अनुदानमा पाएका बस्तुहरुको सदुपयोग गरेको र उत्साहित भएको पाइएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close