Global Luja Dang

आठौं राष्ट्रिय खेलकुद

Birala Tyre Dang

लक्ष्मण बस्नेत
दाङ वैशाख ४ । महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलामा विभागिय टिम नेपाल पुलिस क्लब र पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक हात पारेका छन् ।

आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको घोराहीमा संचालित प्रतियोगिताको आज बुधबार सम्पन्न पुरुष फाइनल भिड्न्तमा प्रदेश नं ३ लाई ५८ का विरुद्ध ७६ स्कोरले पाखा लगाउदै डिफेन्डिङ च्याम्पियन आर्मीले स्वर्ण पदक हात पारेको हो ।
फाइनलमा पराजीत प्रदेश नं ३ रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै महिला तर्फको फाईनल भिड्न्तमा साविक विजेता प्रदेश नं ३ लाई २९ का विरुद्ध ४५ स्कोरले स्तव्ध पार्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पार्न सफल भएको हो । पुलिस संग फाइनलमा पराजीत प्रदेश नं ३ उपविजेतामा सिमित रहदै रजत पदकमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको महिला तर्फ नेपाल आर्मी र पुरुष तर्फ नेपाल पुलिस क्लब तृतिय भए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close