Florence Hospital Dang
Majestic Hotel Dang

आठौं राष्ट्रिय खेलकुद

Birala Tyre Dang

नेपालगञ्ज बैशाख ४ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत खजुराको डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । गण्डकीका टीकाराज गुरुङले २६ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

३६ मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । ७१ मिनेटमा रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेश विजयी भयो । डीगाउँको आदर्श आधारभूत विद्यालयको मैदानमा भएको पुरुष फुटबलको पहिलो खेलमा फाउल धेरै भए । खेलमा रेफ्री गणेश चौधरीले ५ वटा पहेलो कार्ड देखाए । ५ नम्बर प्रदेशका विनोद केसी, दिपेन्द्रसिंह ठकुरी र विवेक पुन तथा गण्डकीका अनिल गुरुङ र लक्ष्मण जिसीले पहेलो कार्ड पाएका थिए ।

गण्डकीका प्रशिक्षक शम्भु केसीले रेफ्रीले खेलाडीलाई ‘कन्ट्रोल’मा राख्न नसकेको प्रतिक्रिया दिए । उनले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । ५ नम्बर प्रदेशका प्रशिक्षक श्याम श्रेष्ठले आफ्नो टीमले राम्रो खेलेको र केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा जीतको अन्तर कम भएको बताए।

अपरान्ह ४ बजे एपीएफ र १ नम्बर प्रदेशका बीचमा खेल हुनेछ । खजुरामा समूह ‘क’ का टीमले खेल्दैछन् । यो समूहमा १, ३, गण्डकी, ५ नम्बर र एपीएफ रहेका छन् । अर्को समूहको खेल रुपन्देहीमा भइरहेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close