Global Luja Dang

आठौँ राष्ट्रिय खेलकुद प्रतियाेगीता

Birala Tyre Dang

नेपालगन्ज बैशाख ४ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो मेला आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा सञ्चालन भइरहेको छ। चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भोली बेलुका नेपालगन्ज रंगशालमा राष्ट्रपतिले गर्नेछन्।

आठौँ राष्ट्रिय खेलकुद सुरु भएको आज आठौँ दिन हो । आजबाट तीन चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबल सुरु हुँदैछ। भलिबल नेपालगन्जस्थित खजुरामा रहेको भलिबल एकेडेमीमा बिहानैदेखि सुरु भएको छ। महिला र पुरुषको भलिबल यही हुनेछ।

यस्तै फुटबल अन्तर्गत पुरुष फुटबल खजुरास्थित डि गाउँमा सुरु भएको छ । क्रिकेटतर्फ पनि पुरुषको खेल बाँकेको कोहलपुर क्रिकेट मैदानमा सुरु भएको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close