Global Luja Dang

आजकाे माैसम अपडेट

Birala Tyre Dang

दाङ बैशाख २ । आज दाङ उपत्यकासहित देशभरजसो मौसम बदली भएको मौसमविद्ले बताएका छन्।  जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज देशका पूर्वी र मध्य क्षेत्र तथा पश्चिमको पहाडी भेगमा मौसम बदली भएको छ।

अपराह्नपछि पूर्वी र मध्य भेगका केही र पश्चिमको पहाडी भेगका एक/दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले नेपालखरबलाई जानकारी दिइन्। त्यस्तो डरलाग्दो हावाहुरीको सम्भावना भने नरहेको उनले बताइन्। ‘तर प्रि-मनसुन भएकाले सामान्य हावाहुरी र चट्याङको सम्भावना भने छ,’ मौसमविद् नगरकोटीले भनिन्।

उनका अनुसार पश्चिमको तराई क्षेत्रमा भने आज मौसम सफा नै रहने देखिन्छ। यो मौसम बदली स्थानीय वायु र बंगागलको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले भएको हो।

भोलि मंगलबार यो भन्दा अलि शक्तिशाली पश्चिमी वायुको प्रवेश हुने मौसमविद् नगरकोटीले नेपालखबरलाई जानकारी दिइन्। उनले भनिन्, ‘भोलि मंगलबार अपराह्नसम्म मौसम बदली हुने देखिँदैन तर त्यसपछि मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।’ आगामी तीन दिनसम्म पूर्णरूपमा मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन्। मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम अनुमान गर्न सक्छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close