Florence Hospital Dang
Majestic Hotel Dang

आइपिएल क्रिकेट

Birala Tyre Dang

दाङ बैशाख २ । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबारको खेल जितेसँगै दिल्ली क्यापिटल्स लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । दिल्लीले आजको खेलसहित पाँच खेलमा जित र तीनमा हार व्यहोरेको छ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमा समेटियो ।

हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जितका लागि पर्याप्त भएन । यस्तै हैदरावादका जोनी बियर्स्ट्रोले ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दिल्लीका कागीसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३/३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । यस्तै ऋषब पन्तले २३ रन जोड्दा अक्षर पटेल अविजित १४ रन बनाए ।हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । हैदरावादको यो चौंथो हार हो । हैदरावादले ७ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको छैठौं स्थानमा छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close