Global Luja Dang

नयाँ वर्षकै दिन विमान दुर्घटना

Birala Tyre Dang

सोलुखुम्बु, वैशाख १  । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार विमानमा चालक र सहचालक मात्रै रहेका थिए । विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन् ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । नागरिक उड्यन कार्यालयका अनुसार समिटि एयरको  विमान लुक्का विमानस्थनलबाट रामेछापको लागि उड्ने क्रमममा धावन मार्गबाट दाहिने पट्टी मोडिई हेलिप्याडमा रहेको हेलिकप्टरमा ठोकिइ दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा उक्त विमान र मनाङ्ग एयरको हेलिकप्टर 9N-ALC पुर्णरुपमा क्षतीग्रस्त भएको छ । यस दुर्घटनामा परी श्री एयरलाइन्सको हेलिकप्टर 9N-ALK लाई सामान्य क्षति पुगेको छ ।  यस्तै विमानका मुख्य चालक, मनाङ्ग एयरका चालक तथा विमानस्थल सुरक्षा गार्ड एक जना असईलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्दार गरी ग्राण्डी अस्पतालमा ल्याइएकोमा विमान स्थल सुरक्षा गार्ड असईको निधन भएको ग्राण्डी अस्पतालले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थल नेपाल नागरिक उड्यन कार्यालयका अनुसार दुर्घटनास्थानमा मृत्यु भएका दुबैजनाको शब हेलिकप्टरबाट शिक्षण अस्पताल महाराजगञ्जमा ल्याईएको छ । दुर्घटनामा समिट एयरको उक्त विमानमा दुई जना चालक र एक जना विमान परिचारिका सवार थिए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close