शाखा अधिकृत भन्दै फेसबुकमा ठगी, युवतीहरुलाई विवाहको प्रलोभन – दाङ खबर
Global Luja Dang

शाखा अधिकृत भन्दै फेसबुकमा ठगी, युवतीहरुलाई विवाहको प्रलोभन

MadanBhandari College

काठमाडौँ ,चैत्र २८– सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भन्दै विश्वासमा पारी रकम समेत लिई ठगी गरेको आरोपमा प्रहरीले डोटीको केआईसिंह गाउँपालिका–६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षका केशवराज भट्टलाई पक्राउ गरेको हो ।

भट्टले विभिन्न उच्च पदका अधिकृतहरुको फोटो आफैले बनाएको फेसबुकको फेक अकाउन्टमा राख्नुका साथै आफू उच्च खानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी तथा चरित्र हत्या गरी अलपत्र पारेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा टेकुमा उजुरी परेपछि भट्टलाई काठमाडौँको गौशालामा फेला पारी पक्राउ गरिएको हाे । भट्टलाई विद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँ लगिएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close