Global Luja Dang

जिप दुर्घटनामा पूर्व सासंदसहित दुईजनाको मृत्यु

Birala Tyre Dang

बुटवल ,चैत्र २८– गुल्मीको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदसहित दुईजनाको मृत्युु भएको छ ।मुसिकोट नगरपालिका–१ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका–५ निवासी पूर्व सासंद रुद्रमणि भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।

उनी २०४८ मा गुल्मी–४ बाट सांसद भएका थिए । दुर्घटनामा परि मालिका गाउँपालिका–१ का रोशन बिकको पनि मृत्युु भएको छ ।बिहीबार बिहान मालिका गाउँपालिकाबाट उक्त जिप बुटवलका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । जिप सडकबाट एक सय मिटरभन्दा तल खसेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close