Victoria College Dang

आइपीएलमा चम्किए पाेलार्ट – दाङ खबर

आइपीएलमा चम्किए पाेलार्ट

MadanBhandari College

दाङ चैत २८ । कार्यवाहक कप्तान किरण पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ८३ रन बनाएपछि मुम्बई इन्डियन्सले आइपीएल २०१९ मा किंग्स एलेभेन पञ्जावमाथि शानदार जित हात पारेको छ।

पञ्जावका लोकेश राहुलले बनाएको शतकलाई छायाँमा पार्दै पोलर्डले ३१ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै ८३ रन बनाए। नियमित कप्तान रोहित शर्मा चोटका कारण पहिलो रोजाईमा नपरेपछि पोलार्डले मुम्बईको कप्तानी गरेका थिए। र वेष्ट इन्डियन यी खेलाडीले कप्तानी इनिङ्स खेल्दै मुम्बईलाई घरेलु मैदानमा जित दिलाए।

अर्का वेष्ट इन्डिय अल्जारी जोसेफले अन्तिम बलमा दुई रन बनाएपछि मुम्बईले १९७ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गरेको हो। जोसेफले १३ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १५ रन योगदान गरे। यस्तै क्वेन्टन डे ककले २४, सूर्य कुमार यादवले २१, हार्दक पाण्ड्याले १९ र डेब्यु ब्वाए ए लाडले १५ रन जोडे।बलिङमा पञ्जावका मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि मुम्बई वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ओपनर राहुलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो। राहुलले ६४ बल खेल्दै ६ चौका र ६ छक्काको मद्दतमा नटआउट १०० रन बनाए। राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै पञ्जावलाई राम्रो सुरुवात दिलाएका थिए। गेलले ३६ बल खेल्दै ३ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए।

मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए। मुम्बईका बलरमध्ये सबैभन्दा महँगा पनि हार्दिक नै बने। उनले ४ ओभरमा ४ चौका र ४ छक्का सहित ५७ रन खर्चिए।यस सिजन चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको मुम्बई पञ्जावलाई रनरेटमा पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। समान अंक रहेको कोलकता नाइट राइडर्स भने रनरेटमा मुम्बईभन्दा अघि छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close