Florence Hospital Dang
Majestic Hotel Dang

दीपकराज गिरीको नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’

Birala Tyre Dang

काठमाडौं, चैत २६। ‘छक्का पञ्जा’ सिरिज निर्माण गरेर नेपाली चलचित्र उद्योगका बक्स अफिसका सबै रेकर्ड ब्रेक गरेका दीपकराज गिरी नयाँ चलचित्र मार्फत दर्शकमाझ आउने भएका छन् ।

उनले आफ्नो नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’ रहेको जनाएका छन् । ‘छ माया छपक्कै’ यही वैशाखबाट छायांकन सुरु गरिने र दसैंमा रिलिज गर्ने जनाएका छन् ।

छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘छ माया छपक्कै’ सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले निर्माण गर्नेछ ।चलचित्रका कलाकार केही दिनमा सार्वजनिक गरिने निर्देशक लामाले बताए ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close