हावाहुरी पीडितको पुनर्बास कार्ययोजना तयार पारिँदै – दाङ खबर
Global Luja Dang

हावाहुरी पीडितको पुनर्बास कार्ययोजना तयार पारिँदै

Birala Tyre Dang

काठमाडौं, चैत २४। जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बारा र पर्साको हावाहुरीपीडितको पुनर्बासको कार्ययोजना पाँच दिनभित्र तयार गर्ने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयलाई बुधबारसम्म कार्ययोजना ल्याउन समयसीमा निर्धारण गर्दै पुनर्बासको प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव वेद खनालले विशेष परिस्थितिमा यथासक्दो आवास निर्माण गर्नुपर्ने भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले समयसीमा निर्धारण गरेर कार्ययोजना माग गरेको बताउनुभयो । गृहले एक महिनासम्म शीघ्र पुनस्र्थापनाका लागि प्राविधिक र व्यवस्थापकीय काम कारबाही अगाडि बढाएको छ ।

सरकारले वर्षा लाग्नुअघि नै आवास निर्माण पूरा गर्न सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिमा सोझै खरिद गर्नसक्ने प्रावधानलाई टेकेर खरिद प्रक्रिया अगाडि बढाइने सहसचिव खनालले प्रष्ट्याउनुभयो । सार्वजनिक खरिद ऐन २०६३ को ४१ मा सोझै खरिद सम्बन्धमा ‘घ’को घ(३)ले विशेष परिस्थितिमा खरिद गर्नुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बारा पर्साका हावाहुरीपीडितको पुनर्बास वर्षा अगावै सम्पन्न गर्न जनता आवासको मोडेलमा आवास निर्माण गर्ने निर्णय गरेको थियो ।मन्त्रिपरिषद् बैठकले निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । भोलिपल्ट बसेको जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले पुनस्र्थापनाका लागि रक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय र नेपाली सेनाले आवश्यक प्राविधिक र व्यवस्थापकीय काम कारवाहीको गृहकार्य गरी नीतिगत र कार्यगत चुस्तता अपनाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव खनालले पुनस्र्थापनाको कार्यलाई चुस्तता दिन आइपर्ने नीतिगत समस्याहरूबारे समेत बैठकमा छलफल भएको उल्लेख गर्नुभयो । सहरी विकासले कार्ययोजना बुझाएलगत्तै समितिको अर्को बैठक बसेर पुनस्र्थापनाको कार्य अगाडि बढाइनेछ । बारा पर्सामा चैत १७ गते आएको हावाहुरीले २९ जनाको ज्यान जानुका साथै सयौँ व्यक्ति घाइते भएको थियो । हावाहुरीले बारामा मात्रै एक हजार ८५५ घर पूर्णरुपमा क्षति पु¥याएको छ । ९५५ घरमा आंशिक क्षति छ । पर्सामा ४३७ घरमा क्षति पुगेको छ । गृह मन्त्रालयले बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा प्रभावित समुदायको खोज तथा उद्धारको कार्य सकिएको जनाएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close