Victoria College Dang

एउटै परेवाकाे मूल्य १५ करोड ५५ लाख रुपैयाँ – दाङ खबर

एउटै परेवाकाे मूल्य १५ करोड ५५ लाख रुपैयाँ

MadanBhandari College

एजेन्सी/ बेल्जियममा एउटा परेवालाई कीर्तिमानी रकम १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाखभन्दा बढी नेपाली रुपैयाँमा लिलामी गरिएको छ ।

लिलामी हाउस पीपाले अर्माण्डो नामको परेवालाई ‘लामो दूरीको सबैभन्दा उम्दा बेल्जियम परेवा’ बताएको छ । यो परेवालाई परेवाको ‘लूइस हेमिल्टन’ पनि भनिएको छ ।

यो भन्दा अघि एउटा परेवा सबैभन्दा महङ्गो रकम ३ करोड ६६ लाख नेपाली रुपैयाँमा बिकेको थियो । पीपाले भनेको छ, जब अर्माण्डाेलाई लिलामीका लागि घोषणा गरियो तब यसअघिको कीर्तिमान तोडियो । अर्माण्डाे नामको परेवा ५ सालको भएको छ र अहिले अवकाशको आनन्द लिइरहेको छ ।

सबै चिजलाई ध्यानमा राख्दै हवाई दौड लगाउने यस्ता परेवाको मूल्य २५ सय यूरो हुन्छ आफ्नो करियरको अन्तिम तीन दौडमा यसले जित हासिल गरेको छ । यो परेवाले २०१८ को एस पिजन च्याम्पियन, २०१९ को पिजन ओलम्पिक र अंगूलेम जितेको छ ।

अर्माण्डोले अवकाशको आनन्द लिइरहे पनि उनका मालिक भने उसलाई प्रजनन गराएर उसका वंश अगाडि बढाउने सोचमा छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close