Florence Hospital Dang
Majestic Hotel Dang

पुल नहुँदा विद्यार्थी सास्ती

Birala Tyre Dang

शिवु खनाल
दाङ, चैत १ ।
पुलविहिन गाउँपालिका भनेर चिनिने एक मात्र गाउँपालिकादाङकोराजपुर हो ।नाकाको विकासे योजनासँग खेल्न नपाएको नाकावासीहरुको गुनासो छ । आवतजावतको लागि बाटाघाटाहरु पनिछैनन्।

सुकौलीनाका, सिरियानाका, पटौलिनाका दाङको पूर्वि सिमाना क्षेत्रमा पर्ने नाकाहरु रुपमा चिनिन्छन् । यहि दुःख र समस्याहरु झेल्दै सिरियानाकाबाट पढ्नको लागि दिनहुँ ८ घण्टाको बाटो पैदल हिडेर आउछन् विद्यार्थीहरु । राजपुर गाउँपालिका वडा नं. १ सिरियानाका निवासी जनज्योती माध्यमिक विद्यालय बेलामा कक्षा ९ मा अध्ययन गर्ने सुस्मिता पुन मगरको सबै समय विद्यालय जाने र आउनेमा सकिनछ ।

विहानको समय खाजा खाने समय हो, तर सुस्मिताले विहानै नास्ताको साटो खाना खानुपर्छ । किन कि सुस्मिताले विहानै ७ बजे खाना खाएर घरबाट निस्किन्छन् विद्यालय समय भेटाउनको लागि । ‘भनेको समयमा स्कुल भेटाउन सक्दैनौ, विद्यालय जादा पहिलो दोस्रो कक्षा सधै छुट्छ ।’ सुस्मिताले भन्नुभयो,‘यस्तो पिडा छ हामीलाई तर, विद्यालय टाढा हुँदा हाम्रो पढाई विग्रिएको छ । ’

‘हिजोआज स्कुल अगाडि कोठा लिई बस्ने थालेको छु’ सुस्मिताले भन्नुभयो, ‘रासन पानी सबै भर्नुपर्छ, बुबा, आमा बेरोजगार हुनुहुन्छ, पानी बत्तीको बिल र कोठा भाडा तिरी बस्दा निकै गाह्रो हुदो रहेछ, भनेको बेला पैसा हुदैन ।’

यस्तै राजपुर गाउँपालिका वडा नं. १ सुकौलीनाका निवासी पार्वती सुनारको पनि यही समस्या छ । सुनार सुकौलीनाकाबाट हिडेरै आउने गर्नु हुन्थ्यो । समयमा विद्यालय भेटाउन नसकेपछि सुनारले पनि कोठा लिइ बस्न बाध्य हुनुभयो । ‘छ वर्षभयो कोठा लिइ बस्न थालेको, घरको आर्थिक स्थिती कमजोर छ । कोठा भाडा लिइ बस्नु परेको छ ।’ पार्वतीले भन्नुभयो,‘सबै किनेर खानुपर्छ, खाने हो कि पढ्ने हो ? आर्थिक स्थिती निकै कमजोर छ ।’ छात्रावासको सुविधा भएको भए राम्रो हुने थियो । दुईतर्फी खर्च हुनुबाट जोगिन्थ्यौ सुनारले भन्नुभयो ।

‘आकाशमा कालो बादल छाउने विक्तीकै विद्यार्थीहरु सर हामीलाई घर जान विदा दिनुस् भन्न आउछन् ।’ जनज्योती माध्यमिक विद्यालयका प्रध्यानध्यापक केशवराम यादवले भन्नुभयो,‘विदा नदेउ कसरी नदेउ ? घर फर्किदा माररी खोला, गुरुङ खोला, रसरी खोलाहरुले बाटो छेक्छ । विद्यार्थीहरु कराउछन्, हामीलाई किन विदा दिनु भएन सरले, हाम्रो समस्या सरले बुझ्नु भएन भनि कराउछन् ।’

बर्खायाममा खोलाहरु पुल नहुदा निकै समस्या छ । बर्खायाममा खोलाहरुको सोता बढ्यो भने विद्यार्थी आउदैनन् । बार्खायाममा कहिले काही बाध्यताले विद्यालय बन्द हुने प्रध्यानध्यापक केशवराम यादवले बताउनुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close